TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss
About

About (5)

राप्रपा नेपालः सुस्पष्ट बिचार र अलग पहिचान सहितको राजनैतिक दल

राप्रपा नेपाल सुस्पष्ट बिचार र अलग पहिचान भएको राष्ट्रवादी प्रजातान्त्रिक राजनैतिक दल हो । बहुदलिय प्रजातन्त्रको स्थापना पश्चात् बि. सं २०४७ साल जेष्ठ १५ गते यस पार्टीको स्थापना भएको हो । परिवर्तित राजनैतिक सन्दर्भमा देशलाई एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्तिको आश्यकता छ भन्ने महशुस गरेर नै राप्रपा नेपालको स्थापना भएको हो । स्थापना कालदेखि २०६३ साल सम्म पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको भएता पनि पार्टी भित्रको आन्तरिक विवाद एवं नंया राजनैतिक परिवेशमा हाल यस पार्टीको नाम राप्रपा नेपाल रहेको छ । वैकल्पिक प्रजातान्त्रिक शक्तिः २०४७ सालमा बहुदलिय प्रजातन्त्र पुनस्र्थापित भए पछिको अवस्थामा तत्काल राष्ट्रिय राजनीतिमा कृयाशील रहेका प्रमुख राजनैतिक दलहरुको चरित्र पृष्ठभमि एवं संस्कारगत दोषको कारणले गर्दा प्रजातन्त्रको भविष्य सुनिश्चित हुन नसक्ने तथा प्रजातन्त्रको प्रतिफल आमजनताले प्राप्त गर्न नसक्ने धरातलिय यथार्थलाई दृष्टिगत गरेर राप्रपा नेपालको स्थापना गरिएको हो । विगतका सकारात्मक अनुभव र उपलव्धिहरुको रक्षा गर्दै सामाजिक आर्थिक सांस्कृतिक एवं राजनैतिक रुपान्तरणमा सकृय रहने राजनैतिक शक्तिको रुपमा राप्रपा नेपालको जन्म भएको हो । विगत बिस वर्षको राजनैतिक उतार चढाव र संगठनात्मक प्रयासको परिणाम स्वरुप राप्रपा नेपाल वर्तमान अवस्थामा आईपुगेको छ । पार्टी स्थापनाको प्रारम्भदेखि नै राष्ट्रियता प्रजातन्त्र र उदारवाद राप्रपा नेपालको आदर्शका रुपमा रहंदै आएको छ । लक्ष्यः सबल र सम्वृद्ध नेपालको निर्माण ईतिहासको प्रारम्भ देखि नै नेपाल सदैव स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहंदै आएको छ । नेपाल दक्षीण एशिया कै सबै भन्दा जेष्ठ मुलुक हो । बिश्वका दुई प्रमुख धर्महरुको उदगम स्थलको रुपमा परिचित नेपाल सम्वृद्ध संस्कृति र सभ्यताको मुहान समेत हो । यसै पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्रता, एकता सार्वभौमिकता र अखण्डतालाई अक्षुग्ण रूपमा कायम राख्दै सबल र सम्वृद्ध नेपालको निर्माण गर्नु राप्रपा नेपालको लक्ष्य हो । सर्वोपरि साध्यः राष्ट्रियता राष्ट्रियता राप्रपा नेपालको सर्वोपरि साध्य हो । नेपालको भू-राजनैतिक अवस्थाले गर्दा राष्ट्रियता सदैव चिन्तन मनन र व्यवहारमा उतार्नु पर्ने विषय बनेको छ । राष्ट्रिय स्वतन्त्रता अखण्डता सार्वभौमिकता र एकता वारे सदैव सचेत रहनु प्रत्येक नेपालीको भूराजनैतिक वाध्यता हो । विगतमा भएका अकर्मण्यता गलत नीति र सत्तँलिप्साका कारणले गर्दा दुर्भाग्यवशः राष्ट्रिय हित र स्वार्थमा प्रतिकुल असर पर्न गएको छ । हरेक मुलकको आ-आफ्नै भूराजनैतिक वाध्यता र सिमितताहरु हुन्छन् । सो यथार्थलाई उपेक्षा गरेर गरिने स्वच्छन्द अभ्यासले ईतिहासको गतिलाई नै अवरुद्ध तुल्याउने खतरा रहन्छ । परराष्ट्र नीतिको संचालनमा हाल देखिएको असन्तुलन र हचुवापनले गर्दा नेपालको प्रतिष्ठा र स्वार्थमा आंच पुग्न गएको छ । केहि राजनैतिक दल र तीनका नेताहरुको अदूरदर्शि नीति व्यवहार र आत्मसमर्पणवादी मानसिकताको परिणाम स्वरुप देशको आन्तरिक राजनीतिमा बाह्य प्रभाव र संलग्नता तिव्र रुपले बढेर गैरहेको छ । बहुभाषिक बहुधार्मिक तथा बहुजातीय सम्प्रदायमा रहेर पनि एउटा राष्ट्रका रुपमा बिकसित समुदाय नै नेपालको सहि पहिचान हो । ईतिहासको विभिन्न कालखण्डमा भएका त्रुटि र कमजोरिहरुको परिणाम स्वरुप नेपालका सबै जाती जनजाती आदिवासी दलित र अल्पसंख्यक वर्ग तथा समुदायहरुले समान रुपमा आत्मोन्नति गर्न नपाएको कटु यथार्थलाई स्विकार गर्नु पर्दछ । यस्तो असमानताको अन्त्य हुनै पर्दछ । तर असमानता शोषण र विभेदको अन्त्यको नाममा जात र भाषाको आधारमा राज्य र जनतालाई विभाजन गर्ने प्रवृत्तिले अन्तत्वगत्वा राष्ट्रलाई नै विखण्डन तर्फ धकेल्न सक्ने खतरा रहन्छ । वर्तमान नेपालमा राष्ट्रिय अखण्डताको संरक्षण प्रमुख चुनौतिका रुपमा देखा पर्दैछ । सदियौ देखि नेपालमा धार्मिक सांस्कृतिक एवं सामाजिक सदभाव कायम रहंदै आएको छ । धर्म र आस्थाका आधारमा नेपाली जनताहरुका बिचमा कहिल्यै पनि विवाद र संघर्ष भएनन् । तर आमुल परिवर्तनको नाममा कथित धर्म निरपेक्षतालाई नेपाली समाजमा लादने काम भए पश्चात् नेपालीहरुका बिचमा रहंदै आएको धार्मिक एवं सामाजिक सदभाव खलबलिन पुगेको छ । धर्मनिरपेक्षताको आडमा परम्परागत मुल्य मान्यता र संस्कारलाई कमजोर बनाउने तथा योजनावद्ध एवं संगठित रुपमा धर्म परिवर्तन गराउने कार्यहरु भैरहेका छन् । फलस्वरुप नेपालको पहिचान र राष्ट्रिय एकतामा समेत थप चुनौति खडा भएको छ । यस प्रकार विभिन्न कोणबाट राष्ट्रिय एकता अखण्डता सार्वभौमिकता एवं नेपाली पहिचान माथि भैरहेका आक्रमणबाट राष्ट्रलाई जोगाउन सुदृढ राष्ट्रिय भावना र प्रतिवद्धताको आबश्यकता पर्दछ । यसै पृष्ठभूमिमा राप्रपा नेपालले राष्ट्रियतालाई सर्वोपरि साध्यका रुपमा आत्मसात गरेको हो । पुर्खाहरुको दुःख विवेक रगत र पसिनाले आर्जेको स्वतन्त्र नेपाल हामीले बिरासतमा पाएका छौ । त्यो स्वतन्त्र नेपाललाई अझ सबल र समुन्नत तुल्याई भावि िपंढिलाई सुम्पन चाहने संकल्प नै राप्रपा नेपालको राष्ट्रियता हो ।नेपाली राष्ट्रियताको संरक्षण र सम्वद्र्धनकॊ क्रममा राप्रपा नेपालले देहायका विषयहरुलाई नीतिगत आधारमा आत्मसात गरेको छ । राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको संरक्षण, सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको स्थापना, प्रजातन्त्र प्रतिको अविचलित प्रविद्धता, संबैधानिक राजसंस्था प्रतिको आस्था, मुल्य मान्यता परम्पराको सम्वद्र्धन र मर्यादा, स्वतन्त्र एवं आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण, असंलग्न परराष्ट्र नीति एवं शान्तिको संस्थागत बिकास, राष्ट्रिय श्रोत र सम्पदाको संरक्षण र बिकास राप्रपा नेपालको बैचारिक आधारस्तम्भ: बहुदलिय प्रजातन्त्र, हिन्दु राष्ट्र र संबैधानिक राजसंस्था बहुदलिय प्रजातन्त्र सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र एवं संबैधानिक राजसंस्था नेपालको स्थायित्व र सम्वृद्धिको निमित्त अपरिहार्य तीन बैचारिक आधारस्तम्भहरु हुन भन्ने राप्रपा नेपालको दृढ बिश्वास रहेको छ । बहुदलिय प्रजातन्त्र राप्रपा नेपाल जनताको सर्वोच्चता बहुलवाद र बहुदलिय प्रजातन्त्र प्रति प्रतिवद्ध छ । एक्काईसौ शताव्दि प्रजातन्त्र र उदारवादको युग हो । मानव जीवनको सर्वोपरि उत्थान र स्थायित्व प्रजातन्त्रको कृयाशील आधार हो र हुनु पर्दछ भन्ने राप्रपा नेपालको मान्यता रहेको छ । प्रजातन्त्र जीवन पद्दति र संस्कार पनि हो । यसको व्यवहारिक प्रयोग आमजनताको हित र समुन्नतिका लागि हुनु पर्दछ । राप्रपा नेपाल प्रजातन्त्रको प्रतिफल प्रत्येक व्यक्तिले अनुभूत र उपभोग गर्न सक्ने वातावरण तयार गर्ने तर्फ निरन्तर कृयाशील रहने छ । विगतको अनुभव र अन्य मुलुकको समेत उदाहरणबाट पाठ सिकेर हाम्रो प्रजातान्त्रिक प्रणालीलाई निरन्तर परिमार्जन गर्दै लैजानु पर्दछ । प्रजातन्त्रले परिवर्तित सन्दर्भ र जनआकांक्षालाई समायोजन गर्न सक्ने क्षमता राख्नु पर्दछ । प्रजातन्त्रलाई भू-राजनीति एवं सामाजिक र सांस्कृतिक यथार्थको बस्तुगत आधारमा परिमार्जन गर्दै लैजाने पक्षमा राप्रपा नेपाल रहेको छ । राप्रपा नेपाल निरन्तरता सहितको परिवर्तनको पक्षमा रहॆको छ । प्रजातन्त्रको बिश्वव्यापि आदर्श मान्यता र मुल्यको परिधि भित्र रहि नेपाली संस्करणको मौलिक प्रजातन्त्रको बिकास नै आजको आबश्यकता हो । उपरोक्त वास्तविकतालाई आत्मसात गर्दै जनतामा निहित सार्वभौमसत्ता बहुदलिय प्रजातन्त्र संबैधानिक राजसंस्था संसदिय शासन व्यवस्था कानुनी राज्यको सिद्धान्त मानव अधिकार र मानविय मुल्य प्रति राप्रपा नेपाल मन वचन र कर्मले प्रतिवद्ध रहने छ । पार्टी भित्र आन्तरिक प्रजातन्त्रलाइ सुदृढ तुल्याउनुका साथै राजनीतिमा व्याप्त अराजकताको अन्त्य गर्न मुल्य र मान्यतामा आधारित राजनैतिक व्यवहार चरित्र र आचरणलाइ राप्रपा नेपालले आम रुपमा प्रोत्साहित गर्नेछ । सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र आगामि दिनहरुमा राप्रपा नेपालले हिन्दुत्वलाई प्रमुख राष्ट्रिय एजेण्डाका रुपमा अगाडि बढाउने छ । यद्यपि हिन्दुत्वको विषय उठाएर राप्रपा नेपालले धार्मिक अतिवादको पक्षपोषण गर्न खोजेको कदापि होईन । हिन्दुत्वलाई केवल संकिर्ण धार्मिक अर्थमा मात्र लिनु अतिशयोक्ति हुनेछ । कुनै एउटा धर्मलाई मात्र राज्यले बिशेष सुविधा र संरक्षण दिनु पर्दछ भन्ने राप्रपा नेपालको मान्यता होईन । त्यस्तो एकाधिकारवादी मान्यताको राप्रपा नेपाल विरोध गर्दछ । नेपालमा बुद्ध ईस्लाम ईसाई शिख जैन लगायत विभिन्न धर्म र सम्प्रदायमा आस्था राख्ने ठूलो जनसंख्या रहेको छ । हिन्दु धर्म लगायत ती सबै धर्म र सम्प्रदायको साझा र समान अस्तित्वले मात्र नेपालको पहिचानलाई पुर्णता प्रदान गर्दछ । राप्रपा नेपाल सबै प्रकारका जाती धर्म संस्कृति परम्परा र बिचारको समान सहअस्तित्व एवं स्वतन्त्रताको पक्षमा रहेको छ । धर्म आस्था जाती र संस्कृतिको आधारमा राज्यले कुन भेदभाव गर्नु हुंदैन । नेपालको सन्दर्भमा हिन्दुत्व केवल धर्म मात्र होईन । हिन्दुत्व नेपाली संस्कृति सभ्यता सम्पदा र पहिचान हो । त्यसर्थ राप्रपा नेपाल सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्म सहअस्तित्वको सम्मान गर्दै बहुजातीय बहुभाषिक प्रजातान्त्रिक स्वतन्त्र अविभाज्य सार्वभौमसत्ता सम्पन्न हिन्दु राष्ट्रको पक्षमा रहेको छ । सदियौ देखि नेपालमा सबै धर्म जाती र संप्रदायका बिचमा अभुतपुर्व सदभाव र सौहर्दता कायम रहंदै आएको छ । नेपालमा हामी को हिन्दु को बुद्धिष्ट आपसमा हातेमालो गर्दै एउटै मन्दिरमा उपासना र आराधना गर्दछौ । भगवान बुद्ध हिन्दु हरुको लागि बिष्णुको नवौ अवतार हुन भने बुद्धिष्टहरुका लागि भगवान पशुपतिनाथ आराध्य देव हुन । विभिन्न सम्प्रदायमा रहेर पनि हामी नेपालीहरुको कैयौ साझा परम्परा चाड र रितिहरु छन् । यो नेपाली पन हो । नेपालको सन्दर्भमा हिन्दुत्व बिशिष्ठ नेपाली पहिचान हो । नेपालमा हजारौ वर्षदेखि बिकसित हुंदै आएको रिति संस्कार परम्परा र सभ्यताको मुल हिन्दुत्व हो । हिन्दुत्व नेपालको अस्तित्व र राष्ट्रियताको समेत आधारस्तम्भ हो । नेपाललाई अस्थिर तुल्याएर आफ्नो रणनीतिक स्वार्थ पुर्ति गर्न चाहने बाह्य शक्ति र धर्मलाई अफिम ठान्ने उग्रवामपंथी शक्तिको सांठगांठबाट जनताको अभिमत विना नै हिन्दु राष्ट्रको पहिचान मेटाई नेपाललाई धर्मनिरपेक्ष बनाउने काम भएको हो । उन्नानसय प्रतिशत जनता कुनै न कुनै धर्म सापेक्ष रहेको नेपाल राज्य कदापि धर्म निरपेक्ष हुन सक्दैन । त्यसर्थ नेपाललाई सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता एवं सर्वधर्म सहअस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गर्ने कार्यलाई आगामि दिनहरुमा राप्रपा नेपालले उच्च प्राथमिकता दिने छ । संबैधानिक राजसंस्था हाम्रो देशको भुराजनैतिक अवस्था धार्मिक सामाजिक र सास्कृतिक परिवेश एवं हाल विद्यमान राजनैतिक गतिशीलताको पृष्ठभूमिमा नेपालको निमित्त राजा सहितको प्रजातन्त्र उपयुक्त हन्छ भन्ने राप्रपा नेपालको मान्यता रहेको छ । राजकिय सत्ता सार्वभौम सत्ता एवं शासकिय अधिकार जनतामा निहित राख्दै राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिकको रुपमा संबैधानिक राजतन्त्रलाई कायम गरिनु पर्दछ भन्ने राप्रपा नेपालको दृढ बिश्वास रहेको छ । राजा सहितको प्रजातन्त्र भनेको प्रजातन्त्र र राजसंस्था संगै रहने व्यवस्था हो । देशको शासन जनताका प्रतिनिधिहरुले संचालन गर्ने अनि राष्ट्रियता र एकताको प्रतिकको रुपमा राजसंस्था रहने व्यवस्था नै राजा सहतिको प्रजातन्त्रको सारतत्व हो । राप्रपा नेपाल राजसंस्थाको पक्षमा उभिनुका मुख्य कारणहरु देहाय बमोजिम छन् नेपालको भूराजनैतिक अवस्था नेपाल दुई विपरित राजनैतिक मान्यता बोकेका बिशाल छिमेकीहरुका बिचमा अवस्थित रहेको छ । श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुंगा बिचको तरुलका रुपमा चित्रित गरेका छन् । यस्तो स्थितिमा राषिेट्रयताको संरक्षण र सम्वद्र्धनका लागि राजनैतिक स्वार्थ भन्दा माथि उठेको एउटा बलियो संस्थाको आबश्यकता पर्दछ । बाह्य शक्तिहरुको निहित स्वार्थबाट मुक्त तुल्याई सुदृढ राष्ट्रियताको आधार तयार गर्न विगतमा समेत राजसंस्थाले महत्वपुर्ण भूमिका खेलेको तथ्य सर्वविदित छ । दलिय स्वार्थको पृष्ठभूमीबाट उठेको व्यक्ति वा संस्थाबाट यो दायित्व निर्वाह हन सक्दैन । धार्मिक सामाजिक एवं सास्कृतिक परिवेश नेपाल विभिन्न वर्ग धर्म जाती भाषा र संस्कृतिले सुसज्जित राष्ट्र हो । अनेकतामा एकता हाम्रो पहिचान र शक्ति हो । यस्तो विविधततामा समेत सबै नेपालीका बिचमा एकता कायम राख्न सक्ने मियो वा एकताको सुत्रका रुपमा समकालिन नेपाली ईतहासको प्रारम्भ देखि नै नेपाली राजसंस्था कायम रहंदै आएको छ । यहि वास्तविकतालाई दृष्टिगत गरेर नै २०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा निर्मित संबिधानले राजसंस्थालाई नेपाली राष्ट्रियता र एकताको प्रतिकको रुपमा कायम गरेको हो । हाल विद्यमान राजनैतिक गतिशीलता देशमा हाल विद्यमान राजनैतिक गतिशिलताको पृष्ठभूमिमा राजा सहितको प्रजातन्त्र नै नेपालको निमित्त उपयुक्त राजनैतिक व्यवस्था हो भन्ने राप्रपा नेपालको मान्यता रहि आएको छ । वास्तवमा २०६२/६३ सालको परिवर्तन पश्चात नेपालमा राजसंस्थालाई पाखा लगाउने काम नेपालको प्रजातान्त्रिक शक्ति वा प्रजातन्त्रले गरेको होईन । नेपालको राजसंस्था बाह्य शक्तिको षडयन्त्र एवं देश भित्रको उग्रवामपंथी शक्तिको रणनीतिक योजनाको शिकार भएको हो । प्रजातान्त्रिक शक्तिहरु दवाव स्वार्थ र कुण्ठाको आधारमा लहै लहैमा पछाडि दौडिएका मात्र हुन् । त्यसर्थ राजसंस्थालाई बिस्थापित गर्ने कार्य बाह्य शक्ति र उग्रवामपंथी शक्तिहरुले गरेका हुन् । प्रकृतिको नियम नै छ कि जस्ले बिस्थापित गर् यो स्थापित हुने अधिकार त्यसैलाई हुन्छ । यहि कारणले गर्दा राजसंस्था पाखा लागेको वर्तमान अवस्थामा स्वभावतः नेपालको राजनीतिमा बाह्य शक्ति र उग्रवामपंथी शक्ति हावि भै रहेको छ । प्रजातन्त्र उग्रवामंथी धरापमा फसेको छ । नेपालको हाल विद्यमान बिशिष्ठ राजनैतिक गतिशिलताको पृष्ठभूमिमा राजसंस्थालाई हटाएर प्रजातन्त्र सुनिश्चित हुने स्थिति छैन । राजसंस्था नरहेको अवस्थामा नेपालमा प्रजातन्त्र पनि संकटमा पर्ने धरातलिय यर्थाथ हो । फेरि नेपालमा जनता र राजाको संयुक्त प्रयासबाट २००७ सालमा प्रजातन्त्रको उदय भएको तथा २०४६ सालमा संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको पुनस्र्थापना भएको ऐतिहासिक यथार्थ सर्वविदित छ । त्यसर्थ विद्यमान राजनैतिक गतिशीलताको सन्दर्भमा प्रजातन्त्रको सुनिश्चिताको लागि समेत राजसंस्था अपरिहार्य छ । प्रजातन्त्र र राजसंस्थाको अन्योन्याश्रित सम्वन्धको कारणले गर्दा नेपालको निमित्त राजा सहितको प्रजातन्त्र नै उपयुक्त व्यवस्था हो भन्ने राप्रपा नेपालको धारणा रहेका छ । नेपालको सन्दर्भमा प्रजातन्त्र र राजसंस्था एक अर्काका सहयोगि र परिपुरकका रुपमा बिकसित गरिनु पर्दछ र गर्न सकिन्छ भन्ने राप्रपा नेपालको मान्यता रहेको छ । प्रमुख नीति माध्यम तथा प्रकृयाः आर्थिक उदारवाद, स्थानिय स्वायत्त शासन, वर्ग समन्वय र असंलग्न परराष्ट्र नीति आर्थिक उदारवाद राष्ट्रिय परिवेश अनुरुप परिमार्जित खुला उदार तथा बजारमुखि अर्थ व्यवस्था नै सबल र समुन्नत नेपाल निर्माणको मुल आधार हो भन्ने राप्रपा नेपालको बिश्वास रहेको छ । एक्काईसौ शताव्दि सम्म आईपुग्दा बहुदलिय प्रजातन्त्र र उदार अर्थ व्यवस्था एक अर्काका परिपुरक हुन भन्ने तथ्य स्थापित भै सकेको छ । यो बिश्वव्यापि मान्यता हो । तर यदाकदा राष्ट्रिय परिवेश सन्दर्भ र आकांक्षालाई उपेक्षा गरि स्वच्छन्द रुपमा बजारमुखि अर्थ व्यवस्था लादन खोज्दा त्यसले कतिपय तेस्रो बिश्वका मुलुकहरुमा अराजकता र विकृतिहरुलाई जन्म दिएको स्पष्ट देखिन्छ । नेपालमा पनि कोरा समाजवाद र साम्यवादका अनुयायीहरुले आफ्नो बैचारिक मुल्य मान्यतालाई समयानुकुल परिमार्जन नै नगरि द्वैध मानसिकताको बन्दि भएर खुला र बजारमुखि आर्थिक नीतिलाई हचुवा रुपमा कार्यान्वन गर्न खोज्दा राष्ट्रिय अर्थतन्त्रलाई खिचडीतन्त्रको रुपमा परिणत गरि दिएका छन् । कोरा साम्यवादी वा समाजवादी आर्थिक नीति र मान्यताले द्रुततर आर्थिक बिकास र सम्वृद्धिको लक्ष्य प्राप्त हुन सक्दैन । यस वास्तविकतालाई दृष्टिगत गर्दै नेपालको राष्ट्रिय परिवेश र नेपाली जनाताको आकांक्षा अनुरुप परिमार्जन र बिकास गरि उदारवादी अर्थतन्त्रलाई कार्यान्वन गरिनु पर्दछ भन्ने राप्रपा नेपालको मान्यता रहेको छ । नेपालको आर्थिक संरचना द्वयात्मक प्रकारको छ । एकातिर परम्परागत कृषीमा आधारित असंगठित तर बृहत ग्रामिण अर्थव्यवस्था छ भने अर्कोतर्फ सानै रुपमा भए पनि आधुनिक र संगठित शहरि अर्थतन्त्र बिकसित हुंदै गैरहेको छ । भिन्न चरित्र र गतिशीलता बोकेका यी दुई क्षेत्रको बिकास र बिस्तार एकै प्रकारको नीति र कार्यक्रमबाट सम्भव हुंदैन । खुला बजारमुखि आर्थिक नीति अन्तर्गत गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्रको सुदृढिकरण अत्यन्त जटिल र चुनौतिपुर्ण रहन्छ । तर यो कार्य असम्भव भने निसन्देह होईन । राष्ट्रिय सन्दर्भ अनुकुल उदार आर्थिक नीतिको परिमार्जनद्वारा यो चुनौतिको सामना गर्न सकिन्छ । नीतिगत एवं व्यवहारिक रुपमा उपयुक्त सन्तुलन कायम गर्न सकियो भने संगठित आधुनिक अर्थतन्त्रलाई परम्परागत ग्रामिण आर्थिक व्यवस्थाको सुदृढिकरण र बिस्तारमा सहयोगि र सहभागि तुल्याउन सकिन्छ । शहरी अर्थतन्त्रको बिकासका लागि नीजि क्षेत्रको सहभागिता अभिवृद्धि गर्ने तथा ग्रामिण अर्थतन्त्रको सुदृढिकरणका निमित्त राज्यको भूमिकालाई प्रभावकारि तुल्याउने नीति राप्रपा नेपालले अवलम्वन गर्ने आर्थिक उदारवादको मुख्य बिशेषता हुनेछ । यसै गरि आधिुनिक र संगठित क्षेत्रबाट प्राप्त हुने पुंजि र लाभलाई ग्रामिण अर्थतन्त्रको बिकासमा प्रवाहित गर्ने व्यवस्था राप्रपा नेपालको आर्थिक नीतिको अभिन्न चरित्र रहने छ । समानता स्वतन्त्रता र सम्पतिको हक आर्थिक उदारवादका मुख्य बिशेषताहरु हुनेछन् । सम्पुर्ण नेपाली जनतालाई आफ्नो ईच्छा र क्षमता अनुसार आर्थिक बिकास प्रकृयामा सहभागि हुने र जनताको सार्वजनिक स्वास्थ र नैतिकतामा प्रतिकुल असर नपर्ने गरि कुनै पनि पेशा रोजगारि उद्योग र व्यापार गर्ने स्वतन्त्रतालाई राप्रपा नेपालको आर्थिक उदारवादले सुरक्षित राख्दछ । आर्थिक उदारवादले सम्पति आर्जन गर्ने भोग गर्ने बेच बिखन गर्ने र सम्पतिको अन्य कारोवार गर्ने हकलाई संरक्षण प्रदान गर्नेछ । आर्थिक सम्प्रभुता जनतामा निहित रहने मान्यता राप्रपा नेपालले अबलम्वन गरेको आर्थिक उदारवादको मेरुदण्ड हो । स्थानिय स्वायत्त शासन प्रजातन्त्रको सुदृढिकरण एवं दिगो आर्थिक बिकासको महत्वपुर्ण माध्यम स्थानिय स्वायत्त शासन व्यवस्था हो । राप्रपा नेपाल प्रजातन्त्र प्रति समर्पित राजनैतिक दल भएको हुंदा प्रजातन्त्रको प्रतिफल प्रत्येक व्यक्तिले उपयोग र उपभोग गर्न पाउनु पर्दछ भन्ने मान्यता राख्दछ । आवधिक निर्वाचनमा भोट हाल्नु मात्र प्रजातन्त्र होईन । प्रत्येक नागरिकलाई आफ्नो आत्मोन्नति गर्ने एवं समाज र राष्ट्रको समग्र बिकासमा सहभागि साझेदार र निर्णायात्मक भूमिका खेल्ने अवस्था सुनिश्चित नभए सम्म प्रजातन्त्र सार्थक मान्न सकिन्न । स्थानिय स्वायत्त शासन प्रणालीले प्रजातन्त्रलाई नागरिकको तह सम्म पुर् याउंदछ तथा शासन व्यवस्थामा आम जनताको प्रत्यक्ष संलग्नतालाई सुश्चित गर्दछ । साथै राज्य संचालनमा रहेको जातीय वर्गिय एवं क्षेत्रिय असन्तुलन निराकरण गरि समावेशी र समतामुलक शासन व्यवस्था कायम गर्न समेत मद्दत पुर् याउंदछ । स्थानिय सरकारको अवधारणा अनुरुपको स्थानिय स्वायत्त शासनको पक्षमा राप्रपा नेपाल रहेको छ । राप्रपा नेपालले परिकल्पना गरेको स्थानिय स्वायत्त शासन व्यवस्थाका मुलभुत बिशेषता देहाय बमोजिम रहेका छः स्थानिय सरकारको अवधारणा अनुरुप अधिकारको विकेन्द्रिकरण वित्तिय एवं प्रशासनिक स्वायत्तता समानुपातिक निर्वाचन समावेशी प्रतिनिधित्वको व्यवस्था न्यायिक अधिकार बिकास आयोजनाको छनौट र कार्यन्वनमा पुर्ण स्वतन्त्रता जनमत संग्रहको व्यवस्था वर्ग समन्वय शोषण रहित समाजको जगमा मात्र सबल र समुन्नत नेपाल निर्माणको परिकल्पना साकार हुन सक्दछ । शोषण रहित समाज निर्माणको मुख्य आधार वर्ग संघर्ष होईन वर्ग समन्वय हो भन्ने राप्रपा नेपालको बिश्वास रहेको छ । त्यसर्थ वर्ग समन्वयलाई राप्रपा नेपालले आफ्नो दीर्घकालिन लक्ष्य प्राप्त गर्ने महत्वपुर्ण माध्यमको रुपमा आत्मसात गरेको छ । मानव जातीको बिकास संगै समाजमा विभिन्न वर्गहरु खडा हुंदै जानु स्वाभाविक हुन्छ । वर्ग विहिन समाजको परिकल्पना केवल कोरा आदर्श मात्र हो । जब विभिन्न वर्गहरुको अस्तित्वलाई अनिवार्य सत्यको रुपमा स्विकार गरिन्छ त्यस अवस्थ्ाामा वर्गहरुका बिचमा संघर्ष वा समन्वयको विकल्प समेत स्वतः देखा पर्दछन् । प्रजातन्त्रमा विभिन्न पक्षहरुका विचमा बैचारिक संघर्ष र प्रतिस्पर्धा हुने गर्दछ । तर एउटा पक्ष वा वर्गले अर्को पक्ष वा वर्गलाई समाप्त पारेर सर्वसत्तावादी मान्यता खडा गर्ने अनुमति प्रजातन्त्रले दिएको हुंदैन । विभिन्न विकल्पहरु बिचको प्रतिस्पर्धा र सहअस्तित्व नै प्रजातन्त्रको सौन्दर्य हो । समाजमा रहेका सांस्कृतिक सामाजिक आर्थिक राजनैतिक धार्मिक सबै प्रकारका विभेद शोषण र अन्यायको अन्तका लागि परस्पर समन्वय सदभाव र सहअस्तित्व अनिवार्य रहन्छ भन्ने राप्रपा नेपालको दृढ बिश्वास रहेको छ । निषेध र अस्पृश्यताको संस्कार र चरित्रले अस्थिरता र अराजकतालाई बढाउने भएको हुंदा समाजको स्वस्थ बिकास र स्थायित्वको लागि वर्ग समन्वय आबश्यक रहन्छ । असंलग्न परराष्ट्र नीति कुनै पनि राष्टले बिश्व व्यवस्थाबाट अलग भएर बाच्न वा प्रगती गर्न सक्दैन । हरेक मुलुकले आआफ्नो ईतिहास भू-राजनैतिक स्थिति र राष्ट्रिय आकांक्षाको धरातलमा उभिएर विभिन्न राष्ट्रहरुसंग सम्वन्धको बिकास र बिस्तार गरेको हुन्छ । राष्ट्रिय हित र स्वार्थको रक्षा र प्रवद्धन नै अन्तर्राष्ट्रिय सम्बन्धको मुल अधार हो । यस पृष्ठभूमिमा राष्ट्रिय अखण्डता सार्वभौमिकता र एकताको संरक्षण र सम्वद्र्धन गर्दै सबल र समुन्नत नेपाल निर्माणको लक्ष्य हासिल गर्ने क्रममा असंलग्न परराष्ट्र नीतिलाई राप्रपा नेपालले महत्वपुर्ण सिद्धान्तको रुपमा अंगिकार गरेको छ । असंलग्नतालाई मुल तत्वको रुपमा ग्रहण गर्दै राप्रपा नेपालले देहायका विषयलाई परराष्ट्र नीतिको अभिन्न आधार बनाउने छः पंचशीलको सिद्धान्त संयुक्त राष्ट्रसंघको बडापत्र शान्ति क्षेत्रको प्रस्ताव आर्थिक कुटनीति छिमेकी मुलुकहरुका बिरुद्धमा नेपालको भूमिको प्रयोग हुन नदिने नीति राष्ट्रिय हित प्रतिकुल रहेका तथा असमान प्रकृतिका सन्धिहरुको पुनरावलोकन र परिवर्तन राप्रपा नेपालः वर्तमान राष्ट्रिय राजनीतिको सुस्पष्ट बैचारिक शक्ति र विकल्प देश अहिले स्पष्ट रुपमा दुई बैचारिक ध्रुवमा विभाजित भएको छ । एकातरि गणतन्त्रको बिचार छ भने अर्को तर्फ त्यसको विकल्पमा राजा सहितको प्रजातन्त्रको बिचार छ । गणतन्त्रात्मक बिचारका पक्षधरहरुले कथित धर्म निरपेक्षता जात र भाषाको आधारमा आत्म निर्णय सहितको संघिय राज्यको अवधारणा बोकेका छन् । अर्को तर्फ राजा सहितको प्रजातन्त्र चाहनेहरुले सर्वधर्म समभाव पुर्ण धार्मिक स्वतन्त्रता र सर्व धर्म सहअस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको पहिचान तथा आर्थिक संभाव्यताको आधारमा बिकासको लागि संघिय संरचनाको अवधारणा बोकेका छन् । गणतन्त्रात्मक बैचारिक पक्षको नेतृत्व नेकपामाओवादीले गरि रहेको छ भने राजा सहितको प्रजातन्त्रको पक्षमा राप्रपा नेपाल दृढताका साथ उभिएकेा छ । यद्यपि कांग्रेस एमाले लगायतका कतिपय पार्टीहरु समेत गणतन्त्र धर्म निरपेक्षता र संघियताको पक्षधर देखिएका छन् । तर नेपालमा गणतन्त्र धर्मनिरपेक्षता र संघियताको मुल संवाहक शक्ति माओवादी नै हो भन्ने वारे कुनै विवाद छैन । अन्य पार्टीहरु विभिन्न समयमा त्यो बिचारको पक्षमा उभिन पुगेका मात्र हुन । वास्तवमा सो बिचारको विकल्पमा राप्रपा नेपाल मात्र छ । त्यसका साथै विगतका कृयाकलापहरुको परिणाम स्वरुप माओवादी लगायत कांग्रेस एमाले जस्ता पार्टीहरुको राष्ट्रियता प्रतिको प्रतिवद्धता कमजोर हुन पुगेको छ । राप्रपा नेपाल सुदृढ राष्ट्रवादी पार्टीको रुपमा नेपाली जनमानसमा चिनिन थालेको छ । यहि नै राप्रपा नेपालको शक्तिको अधार पनि हो । आगामि दिनहरुमा प्रभावकारि ढंगबाट पार्टी संगठनलाई परिचालन गर्न सकियो भने िसंगो वैकल्पिक कित्तामा उभिने अवसर पाएको राप्रपा नेपालको भविष्य समुज्वल रहेको छ । अहिले नेपालको राष्ट्रियता संकटमा परेको छ तथा प्रजातन्त्र उग्रवामपंथी धरापमा फसेको छ । यस अवस्थामा राष्ट्रियताको संरक्षण र प्रजातन्त्रको सुदृढिकरणको अचुक बैचारिक उपाय भनेकै राजा सहितको प्रजातन्त्र र हिन्दुत्व हो । उग्रवामपंथी चिन्तनमा आधारित सर्वसत्तावादलाई बैचारिक रुपमा पारजित गर्न सक्ने सिद्धान्त अबको नेपालमा राजा सहितको प्रजातन्त्र र हिन्दुत्व मात्र हो । यदाकदा राप्रपा नेपालको प्रजातन्त्र प्रतिको प्रतिवद्धता वारे आशंका व्यक्त गर्ने गरिएको पाईन्छ । यस आरोपलाई हामीले नकरात्मक रुपमा लिनु पर्ने कारण छैन । विगतका हाम्रा कार्य र नीतिहरुले जनतामा कुनै भ्रम पर्न गएको छ भने त्यसको निराकरणका लागि हामीले प्रयास गर्नै पर्दछ । वस्तुतः हामी मन वचन र कर्मले प्रजातन्त्र प्रति प्रतिवद्ध पार्टी हौ । प्रजातन्त्रलाई मास्ने वा कमजोर बनाउने हरेक कार्यका विरुद्धमा हामी सदैव कटिवद्ध रहने छौ । तर प्रजातन्त्रको नाममा राष्ट्रियतालाई कमजोर बनाउने कार्यलाई भने राप्रपा नेपालले कदापि साथ दिन सक्दैन । प्रजातन्त्र र राष्ट्रियता एकै सिक्काका दुई पाटाहरु हुन् भन्ने हाम्रो दृढ बिश्वास छ । राप्रपा नेपालको निमित्त राष्ट्रियता प्राण हो भने प्रजातन्त्र आधार हो । २०४७ साल जेष्ठ १५ गते राप्रपा नेपालको स्थापना हुंदा देशलाई एउटा बलियो वैकल्पिक प्रजातान्त्रिक शक्ति उपलव्ध गराउने उदेश्य राखिएको थियो । समय र परिस्थितिको उतार चढाउ संगै अहिले राप्रपा नेपाल देशको सुस्पष्ट बैचारिक शक्ति र विकल्पका रुपमा खडा हुन पुगेको छ ।
K2_READ_MORE

Central Committee

केन्द्रिय कार्य समितिका पदाधिकारीहरू १) अध्यक्षः कमल थापा (मकवानपुर)२) सहअध्यक्षः पद्म सुन्दर लावती (पांचथर)३) उपाध्यक्षः राजीव पराजुली (पर्सा)४) उपाध्यक्षः धवल शम्सेर राणा (बांके)५) महामन्त्री: चन्द्र बहादुर गुरुंग६) प्रवक्ताः गोविन्द खनिया (लमजुङ)७) सहायक महामन्त्रीः रमेश श्रेष्ठ (सुन्सरी)८) सहायक महामन्त्री:बिक्रम थापा (काठमाण्डौ)९) सहायक महामन्त्रीः सुशील श्रेष्ठ (महोत्तरी)१०) सहायक महामन्त्रीः भाष्कर भद्रा (ललितपुर)११) सहायक महामन्त्रीः प्रल्हाद साह (मोरङ)१२) सहायक महामन्त्रीः राजाराम श्रेष्ठ)१३) सहायक कोषाध्यक्षः तारा नाथ लुर्इटेल (भोजपुर)१५) मुख्य सचिवः बिशेश्वर सुवेदी (धादिङ)
K2_READ_MORE

History of Rastriya Prajatantra Party Nepal

Rastriya Prajatantra Party was established on 15th Jestha, 2047 B.S. with an objective of providing an alternative democratic force to the nation. Nationalism, democracy and liberalism have remained as the three main ideological pillars of the party. Similarly, sovereignty of the people, competitive multi-party democracy, constitutional monarchy and the principle of rule of law are the political belief of the party. Despite having common agreement on major political issues, unfortunately, due to some technical differences two separate organizations with identical name, ideology and statute came into existence on the same day. Two RPPs contested the general election of 2048 B.S. separately. Obviously the results were not encouraging. Following the serious debacle in the election, under the pressure of party workers two RPPs decided to merge. RPP held its first general convention in 2050 B.S. in Kathmandu, and unanimously elected former prime-minister Surya Bahadur Thapa as chairman. Former prime-minister Lokendra Bahadur Chand and Rajeshore Devkota were elected respectively as leader and co-chairman of the party. As provided in the party statute Padma Sundar Lawati was nominated as vice-chairman and Rabindra Nath Sharma, Pashupati Shamsher Rana and Prakash Chandra Lohani were nominated as general secretaries. Kamal Thapa became spokesman. In the second general election held in 2051 B.S. united RPP secured eighteen percent of the total votes polled. Thus RPP became the third largest party in the parliament. Since none of the parties got absolute majority it was a hung parliament. The political developments that took place during the tenure of the second parliament gave opportunities for two RPP leaders namely Surya Bahadur Thapa and Lokendra Bahadur Chand to become the prime-minister of the country successively in the coalition governments. However, during this period the party saw serious differences among the top leadership, which eventually led once again for formal split of the party. The second general convention of the party took place in 2054 B.S. in Birgunj. The Birgunj convention elected Surya Bahadur Thapa once again as chairman. Prakash Chandra Lohani, Pashupati Shamsher Rana and Kamal Thapa were nominated as vice-chairman, general secretary and spokesman respectively. Since two RPPs once again fought the general election with separate identity, the performance naturally were not good. However, it succeeded in retaining its third position in the parliament. Following the general election two factions again merged. The third general convention held in Pokhara in 2059 B.S. elected Pashupati Samshere Rana as chairman. According to the party statute Padam Sunder Lawoti, Kamal Thapa and Roshan Karki were nominated as vice-chairman, general secretary and spokes-person. The first ever special general convention of the party took place in 2062 B.S. in Kathmandu. The special general convention passed a vote of no confidence motion against Pashupati Shamsher Rana and elected Kamal Thapa as chairman of the party. Padma Sunder Lawoti became the vice-chairman of the party. Chairman Kamal Thapa resigned from his post and Rabindra Nath Sharma became the chairman of the party on 10th Karkik, 2063. Rabindra Nath Sharma resigned from the post of Chairman because of his poor health by the second week of Falgun, 2064 and the chairmanship of the party was handed over to Mr. Kamal Thapa again. Presently Padma Sundar Lawati is the vice chairman of the party.
K2_READ_MORE

राप्रपा नेपाल संग आवद्ध भातृसंगठनहरू

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल, अध्यक्षः सगुन सुन्दर लावती राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपाल, अध्यक्षः कुन्ती शाही राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन नेपाल, अध्यक्षः राजाराम बर्तौला राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नेपाल, अध्यक्षः प्रजापती कोर्इराला राष्ट्रिय प्रजातान्त्रिक पुर्व सुरक्षाकर्मी संगठन नेपाल, संयोजकः स.र.अ.प्रा भरत रायमाझी राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, अध्यक्षः चिराग मानसिंङ कुंवर समावेशी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, अध्यक्षः नवराज दाहाल राष्ट्रिय प्रजातान्त्रिक तराई मधेस संगठन, अध्यक्षः प्रल्हाद साह राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठन, अध्यक्षः सलाउद्दिन जसगढ राष्ट्रिय युवा मोर्चा, अध्यक्षः किशोर गुरूङ
K2_READ_MORE

Kamal Thapa

Biography Residence: Bishal Nagar, Kathmandu, Nepal. Telephone: (00-977-1-414728). Education, Training and Participation M.A in Political Science- Tribhuwan University, Kathmandu, Nepal. Course on ‘Management and Administration,Chelsea, School of Human Movement, Brighton Polytechnic, UK. Participation: Leader of the Nepalese Delegation to UN General Assembly (1997) and the SAARC Council of Ministers (1998) leader of the Nepalese delegation to the World Summit on Information System 2003, and Asian Information Minister’s summit 2003, Chief de Mission of Nepal in the Summer Olympics 1984, Losangles and the Asian Games 1982, Delhi. Several national and international seminars and conferences on education, sports, youth, drug abuse prevention, and communication, some at the ministerial level. Professional Experience (selected ones only) Minister of Home, Foreign Affairs, Information and Communication, Health, Forest and Soil Conservation, Law and Parliamentary Affairs, Local Development, Agriculture, Housing and Physical Planning, Government of Nepal (at different times from 1988-2006) Chairman, Rastriya Prajatantra Party Nepal. 2005-2006 and 2008 General Secretary, Rastriya Prajatantra Party 2003 Spokesman,Rastriya Prajatantra Party,1992-2002. Member of Parliament,1986-1990 and 1995-1998. Member Secretary and spokesman of the Negotiation team of HMG with the Maoist President,International Federation of NGOs on Drug Dependence(Headquarters: Kuala Lupur, Malaysia), 1985-86. President,Nepal Youth Organization (Central Committee), 1982-86. Member Secretary,National youth Service Fund, 1986-1991. Member Secretary, International youth Year/Nepal, 1985. Member, Constitution Reform Commission, 1980 Assistant Lecturer(Political Economy): Institute of Forestry, Tribhuvan University, 1977 President, Nationalist Student Organization, 1973-74 Extra-curricular Activities Executive Member, Asian Football Confederation , 1982-1990; General Secretary,National Olympic Committee/Nepal, 1984-88; Member, National Sports Council, 1977-87; President, All Nepal Football Association,1978-87; Player, National Football Team of Nepal, 1975-77, Veteran Tennis Champion , 2002-2004. Travel Visited several countries of Africa, Asia, Oceania, Europe and America. Publication: Book: Challenges of Conflict Resolutions in Nepal (Nepali) Articles in English & Nepali in Leading newspapers & magazines.
K2_READ_MORE
K2_SUBSCRIBE_TO_THIS_RSS_FEED