TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss
RPP

RPP

काठमाण्डौमा राप्रपा नेपालको बृहत शक्ति प्रदर्शन

राष्टिय अखण्डता, नेपाली पहिचान र प्रजातन्त्रको रक्षाको लागि नंया शक्ति निर्माणा गरौ भन्ने आह्वानका साथ राप्रपा नेपालले जेष्ठ २७ गते काठमाण्डौको खुलामंचमा भव्य आमसभा सहितको शक्ति प्रदशर्न गरेको थियो । सो आमसभामा करिव पचास हजार जनताको सहभागिता रहेको थियो । आमसभामा काठमाण्डौका जनताको स्वस्फुर्त सहभागिता अत्यधिक रहेको थियो । आमसभालार्इ सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले जनताको भव्य र बिशाल उपिस्थितिले राप्रपा नेपाल नंया शक्तिका रूपमा स्थापित भएको धारणा व्यक्त गर्दै अब हुने कुनै पनि निर्णयमा हाम्रो सहभागिता अनिवार्य रहन्छ भन्नु भयो । भंग भैसकेको संबिधान सभाको निर्वाचनका अवसरमा चार वर्ष अगाडि प्राप्त मतका आधारमा केहि सिमित राजनैतिक दलहरूले अन्य उदयिमान शक्तिहरूलार्इ उपेक्षा गरेर एक पक्षिय रूपमा लादन चाहने कुनै पनि निर्णय अब जनतालार्इ मान्य नहुने उंहाले स्पष्ट पार्नु भयो ।

उपाध्यक्ष “शेरे धनुषा” हेम बहादुर मल्लको निधन

राप्रपा नेपालका उपाध्यक्ष तथा पुर्व मन्त्रि हेम बहादुर मल्लको २०६९ जेष्ठ २९ गते काठमाण्डौको नर्भिक अस्पतालमा ७५ वर्षको उमेरमा असामयिक निधन भएको छ । उंहा केहि समय देखि मधुमेह तथा मृगौला रोगबाट पिडित हुनु हुन्थ्यो । शेरे धनुषाको नामबाट प्रतिष्ठित स्व. मल्ल एक राष्ट्रवादी तथा जनमुखि नेता हुनु हुन्थ्यो । उंहाको निधनबाट राष्ट्रले एउटा देशभक्त लोकप्रिय नेता गुमाएको छ भने राप्रपा नेपालले एक बरिष्ठ नेता तथा मार्गदर्शक गुमाएको छ । उंहाको अन्तेष्टी पशुपती आर्यघाटमा भएको थियो । त्यस अवसरमा स्व. मल्लको शवमा अध्यक्ष कमल थापाले पार्टीको झण्डा वडाएर सम्मान व्यक्त गर्नु भएको थियो ।
K2_SUBSCRIBE_TO_THIS_RSS_FEED