TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss
RPP

RPP

राप्रपामा पदाधिकारी मनोनयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विधान बमोजिम पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । मनोनित उपाध्यक्षहरुमा दिपक बोहरा, राजिव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे र रामचन्द राय हुनुहुन्छ ।

राष्ट्रवादी कलाकर्मी परिषद गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा नयाँ भातृसंगठन थप भएको छ । पार्टीमा आवद्ध वरिष्ठ कलाकारहरुको भेलाले भातृसंगठनको रुपमा राष्ट्रवादी कलाकर्मी परिषद गठन गरेको हो । पार्टीका केन्द्रीय सदस्य एव वरिष्ठ चलचित्रकर्मी उद्धव पौडेलको समुपस्थितिमा आयोजित भेलाले कलाकार रविन्द्र खड्काको अध्यक्षतामा राष्ट्रवादी कलाकर्मी परिषद गठन भएको हो ।

राष्ट्रिय अखण्डतालाई अक्षुण्ण राख्न कुनै कसर बाँकी राख्दैनौं ः अध्यक्ष थापा

विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय स्वाभिमान र अखण्डतालाई जोगाउन हिन्दु राष्ट्र एकमात्र विकल्प भएको बताउनुभएको छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको विर्तामोडमा आयोजना गरेको वृहद् हिन्दुत्व जागरण तथा एकता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अखण्डतालाई अक्षुण्ण राख्न राप्रपा नेपाल र राप्रपाको एकिकरण भएको बताउनुभयो ।

चाँडोभन्दा चाँडो चुनाव हुनुपर्छ– अध्यक्ष थापा

गोरखा । राप्रपाका अध्यक्ष कमल थापाले प्रजातन्त्रको आत्मा चुनाव भएकाले चाँडो भन्दा चाँडो चुनाव गर्नुपर्ने बताउनुभयो । गोरखा सदरमुकामको रानीपोखरी परिसरमा शनिबार आयोजित बृहद् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष हुँदा पनि जनताले आफ्नो जनप्रतिनिधि चुन्न नपाएको भन्दै स्थानीय तह वा निकाय कुनको चुनाव गर्ने भन्नेबारे चाँडै सहमति हुनुपर्ने बताउनुभयो । ठूला दलको सत्ता लिप्सा र गलत नीतिका कारण जनता वाक्क भइसकेकोले वैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपाको उदय भएको उहाँले स्पष्ट पार्नुभयो ।
K2_SUBSCRIBE_TO_THIS_RSS_FEED