TPL_GK_LANG_MOBILE_MENU
Rppn cow

राष्ट्रिय प्रजातन्त्र पार्टी

Rastriya Prajatantra Party

np flag1 ss
Kamal Thapa

Kamal Thapa

K2_WEBSITE_URL: http://www.kamalathapa.com

किसान संगठन पुर्नगठन अध्यक्षमा दाहाल

राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन नेपालको पुर्नगठन गरिएको छ । गोपाल दाहालको अध्यक्षतामा गठीत केन्द्रीय तदर्थ समिति ६३ सदस्यीय रहेको छ । पुर्नगठीत समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले कृषिप्रधान देश भएर पनि कृषि क्षेत्रको समुचित विकास नहुनु दुर्भाग्यपूर्ण भएको वताउँदै कृषि क्षेत्रको आधुनिकिकरण तर्फ सरकारले विशेष जोड दिनु पर्ने बताउनु भयो । उहाँले राप्रपा नेपाललाई किसानहरुको साझा पार्टीमा बनाउनको निमिक्त संगठनले योजनावद्ध र व्यवस्थित ढंगले काम गर्न निर्देशन दिनुभयो । पुर्नगठित समितिको उपाध्यक्षहरुमा मानप्रसाद लिङ्गदेन, झापा, घनश्याम गौतम, कास्की, रामचन्द्र घिमिरे, बाँके र भुवनराज शर्मा, दार्चुला छन् भने महासचिवमा गोपी ढकाल, उदयपुर रहेका छन् । यसैगरी सचिवमा विनोद पोखरेल, मोरङ्ग कोषाध्यक्षमा भिमकुमार कार्की, संखुवासभा र सदस्यहरुमा अशोक सुब्बा , झापा, विष्णु गिरी, झापा, रामकुमार यादव, सिरहा, कनकबहादुर रानामगर, उदयपुर, शिव तिमिल्सिना, बारा, बद्री कुँवर, मकवानपुर, भुमिजङ्ग के.सी., स्याङ्गजा, नरबहादुर क्षेत्री, पर्वत, गणेशबहादुर थापा, अर्घाखाँची, हर्कबहादुर मल्ल, बाजुरा, प्रेमबहादुर साउद, कंचनपुर, विन्तिप्रसाद चौधरी, सर्लाही, भुमि प्रसाद न्यौपाने, बाँके, नविन शाही, काठमाण्डौ लगायत रहेका छन् ।संगठनले आगामी बैशाख मसान्तभित्र देशब्यापी संगठन विस्तार गर्ने लक्ष्य राखी अभियानलाई संचालन गर्ने निर्णय समेत गरेको छ । संगठनको महाधिबेशन एक बर्षभित्र सम्पन्न गर्न समेत निर्देशन दिएको छ । सो अवसरमा पार्टीका महामन्त्री चन्द्रबहादुर गुरुङ्गले शुभकामना व्यक्त गरेका थिए ।
K2_SUBSCRIBE_TO_THIS_RSS_FEED